site stats
बाह्रखरी :: Baahrakhari
खेल
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तोक्न बोर्डमा प्रस्ताव गर्ने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौँ  । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कार्यकारी समितिले सातौँ क्षेत्रीय प्रतियोगिता आयोजनाको लागि नयाँ मिति तोक्न राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा प्रस्ताव गर्ने भएको छ ।  
सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा समितिका संयोजक राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टको उपस्थितीमा शुक्रबार बसेको बैठकले क्षेत्रीय प्रतियोगितको लागि नयाँ मिति तोक्नुका साथै मंसिरमानै प्रतियोगिता आयोजना गर्न परिषद बोर्डमा प्रस्ताव लाने निर्णय गरेको हो । 
आर्थिक तथा प्रतियोगिता निर्देशिका समयमा नै पास हुन नसकेपछि सातौ क्षेत्रीय प्रतियोगिता स्थगित भएको थियो ।  बैठकमा समितिका संयोजक सदस्य सचिव बिष्ट तथा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले प्रतियोगिताको लागि आवश्यक पूर्वाधारहरु करिव सम्पन्न भई सकेका कारण प्रतियोगिता संचालन गर्न कुनै कठिनाई नहुने भन्दै प्रतियोगितालाई मंसिरमानै सम्पन्न गर्न सकिने बताए । 
बैठकमा प्राविधिक समितिका संयोजक राखेपका सदस्य गंगाबहादुर मगरले खेलाडी तथा निर्णायक कोटा, खुल्ला छनोट खेल, क्षेत्रीय तथा राष्ट्रिय खेल स्थल निर्धारण, प्रतियोगिताको खेल सामाग्री सम्वन्धामा समितिलाई स्पष्ट पारेका थिए ।
 
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३  १७:५६
प्रतिक्रिया दिनुहोस्