
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइजरायल–इरानको १२ दिने युद्धमा इरानले वीरतापूर्वक लडेको बताएका छन् ।
उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) बैठकमा राष्ट्रपति ट्रम्पलाई सोधिएको एक प्रश्नमा उनले उक्त कुरा बताएका हुन् । तपार्ईंले इरानमाथिको प्रतिबन्ध हटाउनेबारे विचार गरिरहनु भएको हो ? भन्दै प्रश्नको जवाफमा ट्रम्पले भने, “इरानले भर्खरै युद्धको सामना गरेको छ । उनीहरूले वीरतापूर्वक लडे ।”
“यदि, उनीहरूले तेल बेच्न चाहन्छन् भने बेच्न सक्छन् । उनीहरूलाई देश पुनर्निर्माण गर्न पैसाको आवश्यकता छ ।”
चीनले इरानबाट तेल किन्नसक्ने ट्रम्पले बताए । ट्रम्पले इरान र अमेरिकाबीच अर्को हप्ता वार्ता हुने पनि बताए । उनले भने, “हामी कुनै सम्झौता गर्न सक्छौँ । मलाई अहिले थाहा छैन । उसले भर्खरै युद्ध लडेको छ । र, आफ्नो संसारमा फर्किएको छ ।”
आफूले इरानसँग परमाणु हतियार हुनुहुँदैन भनेर पहिलेदेखि नै भन्ने गरेको ट्रम्पले बताए । उनले भने, “ परमाणु हतियार केन्द्र नष्ट भइसकेका छन् । हामीले तिनलाई नष्ट गरिदियौँ ।” बीबीसी