site stats
बाह्रखरी :: Baahrakhari
देश
बन्द गराउँदै हिड्ने ८० जना पक्राउ (अपडेट)
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नेकपा (माओवादी) ले आयोजना गरेको बन्दको प्रभाव काठमाडोैं लगायतका मुख्य सहरहरुमा देखिएको छ । केही निजी मोटरसाइकल चले पनि सार्वजनिक सवारी साधन चलेका छैनन् । सार्वजनिक सवारी साधन नचल्दा यात्रु पैदलै गन्तब्यतर्फ जान बाध्य छन् । 
बन्द गराउँदै हिड्ने नेकपा (माओवादी) का ८० जना कार्यकर्ता राजधानीका विभिन्न ठाउँबाट पक्राउ परेका छन् । काठमाडौं जिल्लाका नेपाल प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले कालीमाटी, बानेश्वर, रत्नपार्क, महाराजगञ्जमा बन्द गराउन चोकमा उत्रिएका माओवादी कार्यकर्तालाई पक्राउ गरिएको जानकारी दिए । “अहिलेसम्म तोडफोड र आगजनीका घटना हाम्रो सूचनामा आएको छैन,” एसएसपी थापाले भने, “बन्दका नाममा निजी तथा सार्वजनिक कुनै पनि सम्पत्तिमा क्षती पुर्याउन पाइँदैन, यदी त्यसो गरिएको पाइए कानुन अनुसार कारबाही हुन्छ ।”
नेकपा (माओवादी)ले खाद्य सम्प्रभुताको ग्यारेन्टीको माग गर्दै नेपाल बन्दको आह्वान गरेको हो । ‘खाद्य संप्रभुतामा नागरिकको मौलिक अधिकार’ भएको भन्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि राज्यले नसुनेपछि बन्द गर्नु परेको माओवादीले जनाएको छ । 
संविधानको भाग ३ को धारा ३ मा खाद्य सम्प्रभुता सुनिश्चित गरिएको छ भनिउ पनि संविधान निर्माताहरु खाद्य निर्यात र आयातमा कमिशन खाएर अखाद्य बस्तु वितरण गर्नेका विरुद्ध संघर्ष गरिएको माओवादीले जनाएको छ । 
 

 

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  ०७:२८
प्रतिक्रिया दिनुहोस्