site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
दोलखा । अज्ञात समूहले घरमा राखेको दुईवटा बाइक र एउटा कारमा आगो लगाई फरार भएको छ । 
दोलखा उद्योग वाणिज्य सङ्घका महासचिव इन्द्र श्रेष्ठको बा१०च १४७४ को कार, जिल्ला विकास समिति दोलखाका सूचना अधिकृत विक्रम कार्कीले चढ्ने जिविसको सरकारी मोटरसाइकल बा१०प २४० र स्थानीय रवीन्द्र पोखरेलको बा४७प ४९७८ को मोटरसाइकल जलेर नष्ट भएको छ । 
अज्ञात समूहले करिब राती २ बजेतिर आगो लगाएर फरार भएको जिल्ला प्रहरी कार्यालय दोलखाको भनाइ  छ । घरमा पार्किङ गरिरहेको कार्कीको बाइक बाहिर तानेर आगो लगाएको र प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिएपछि ठूलो घटना हुनबाट जोगिएको छ । 
आगलागीमा बन्दकर्ता विप्लव माओवादीको संलग्नता हुन सक्ने स्थानीयवासीको भनाइ रहेको छ । रासस 
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  ०७:५९
प्रतिक्रिया दिनुहोस्