site stats
बाह्रखरी :: Baahrakhari
विशेष
५ बजेपछि बन्द फिर्ता, जनताले साथ दिएको आयोजकको दाबी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । बन्द आयोजक नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले बन्दका क्रममा आइतबार आफ्ना करिब डेढ सय कार्यकर्ता पक्राउ परेका जनाएको छ । शान्तिपूर्ण बन्द गराउनका लागि सडकमा निस्किएका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको माओवादीको भनाइ छ । 
“काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर हाम्रा एक सयभन्दा बढी कार्यकर्ता पक्राउ परेका छन्,” नेकपा (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने, “शान्तिपूर्ण बन्द गराउन निस्किएका कार्यकर्ता तत्काल रिहा गर्न हाम्रो पार्टी आग्रह गर्छ ।” उनले सार्वजनिक सवारी साधन नचलाएर जनताले साथ दिएको बताए । प्रवक्ता विश्वकर्माले साँझ ५ बजेबाट बन्द फिर्ता हुने जानकारी दिए । 
बिहान सवारी साधन नचले पनि विस्तारै सार्वजनिक सवारी साधन चल्न थालेको भन्दै उनले तत्काल कार्यकर्ता परिचालन गरेर चलाइएका नियन्त्रणमा लिने बताए ।  
यता, प्रहरीले भने काठमाडौंमा १२९ जना माओवादी कार्यकर्ता पक्राउ परेको जनाएको छ । अहिलेसम्म कुनै अप्रिय घटना नघटेको काठमाडौं जिल्लाका नेपाल प्रहरी प्रमुख विक्रमसिंह थापाले जनाए । 
बन्दमा कुनै अप्रिय घटना नहोस् भनेर सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । मुख्य चोकसँगै भित्री चोक तथा सडकमा समेत साधा पोशाकमा समेत प्रहरी चरिचालन भएका छन् ।  
खाद्य सुरक्षाको माग गर्दै माओवादीले आइतबार नेपाल बन्दको आयोजना गरेको हो । 
 
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १०:५२
प्रतिक्रिया दिनुहोस्