site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको केन्द्रीय कमिटी बैठक साउन ५ गते बस्ने, अरू के भए निर्णय ?

काठमाडौं । नेकपा (एमाले)ले आगामी साउन ५ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरस्थित गोदावरीमा हुने विधान महाधिवेशनको तयारी गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार, सचिवलाय बैठकले साउन २ गते पोलिटब्युरो बैठक बोलाउने निर्णय पनि गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केन्द्रीय कमिटी बैठकले विधान संशोधनको प्रस्ताव तयार गरेर छलफलका लागि तल्ला कमिटीमा लैजाने ज्ञवालीले बताए ।

विधान संशोधन प्रस्तावको नेतृत्व उपाध्यक्ष विष्णु पौडेलले गर्ने निर्णय बैठकले गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव राख्नेछन् । 

संगठनात्मक प्रस्ताव महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने ज्ञवालीले बताए ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १८:१५
प्रतिक्रिया दिनुहोस्