अर्थ व्यवसाय

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले पद तथा गोपनीयताको शपथ लिएकी छन् । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा ऐन २०७९ को दफा ४७ (६) को व्यवस्थाअनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
कम्पनीको ०८२ असार ५ मा भएको ३७औँ वार्षिक साधारणसभाबाट कम्पनीको सञ्चालक समितिको पुनर्गठन भइ सिंह सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट पुनःनिर्वाचित भएकी हुन् ।
प्रकाशित मिति: बुधबार, असार ११, २०८२ १८:१५
प्रतिक्रिया दिनुहोस्