site stats
बाह्रखरी :: Baahrakhari
देश
मेलम्ची नगरभित्रै अर्को एकीकृत बस्ती निर्माण सुरु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा धमाधम एकीकृत बस्ती निर्माण हुन थालेका छन् । हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले मेलम्ची नगरपालिका–८ गिरान्चौरमा एकीकृत बस्ती बनाएपछि जिल्लाका अन्यत्र ठाउँमा पनि एकीकृत बस्ती बनाउन थालिएको हो । सोही क्रममा मेलम्ची नगरअन्तर्गतकै  वडा नम्बर  ९ थाक्लेमा अर्को एकीकृत बस्ती बनाउन थालिएको छ । 
“सरकारको मात्रै मुख ताकेर बस्दा बस्ती मात्र होइन आफ्नो घर पनि नबन्ने छाँट देखियो, त्यसैले हामीले आफ्नै प्रयासमा बस्ती बनाउन थालेका हौँ,” एकीकृत बस्ती निर्माणका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए । 
उनका अनुसार जिल्लामा कतिपयले पहिलो किस्ता वापतको रु ५० हजार पनि पाएका छैनन् भने पाएकाहरूले पनि भग्नावशेषसमेत पन्छाउन सकेका छैनन् ।
विनासकारी भूकम्पको १८ महिना बित्दा सिन्धुपाल्चोकमा पुनःनिर्माणको काम शून्य प्रायः छ । “दुई वर्षा र एक हिउँद टहरामा बिताइसक्यौँ,” तामाङले भने, “सरकारकै भर परिरहने हो भने थुप्रै वर्ष टहरामै गुजार्नुपर्छ ।”
उनले अहिलेसम्म कुनै संघ संस्थाले सहयोगको आश्वासन नदिएकाले सरकारले दिएको ५० हजारबाटै काम थालिने जानकारी दिए । 
त्यस्तै उनले ४० घरधुरी निर्माणका लागि बस्तीको डिटेल सर्भे सम्पन्न भइसकेको बताउँदै केही समयमै घडेरी खार्ने काम थालिने पनि बताए । 
 
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १२:२३
प्रतिक्रिया दिनुहोस्