site stats
बाह्रखरी :: Baahrakhari
विदेश
न्युजिल्यान्डमा ६.१ म्याग्निच्युटको फेरि अर्को  शक्तिशाली भूकम्प
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । न्युजिल्यान्डमा ६.१  म्याग्निच्युटको फेरि अर्को  शक्तिशाली भूकम्प गएको छ ।  
स्थानीय समय अनुसार दिउसो १ः४५ मिनेटमा न्युजिल्यान्डमा टापुका तटीय क्षेत्रमा उक्त भुकम्प गएको बीबीसीले जनाएको छ ।
सो भूकम्पले करिब दूइमिनेट सम्म झट्का दिएको बताइएको छ ।
क्राइष्टचर्च सहरको उत्तरपूर्वी क्षेत्रमा जमिनको सतहबाट १० किलोमिटर तल केन्द्रबिन्दु भएर यो पछिल्लो भूकम्प गएको हो ।
यस अघि सोही स्थानका वरपरी स्थानीय समयअनुसार आइतबार मध्यरात पछाडि ७.८ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । 
जसमा दुई जनाको मृत्यु भएको र धेरै घर तथा भवनहरू क्षतिग्रस्त भएको थियो । उक्त भूकम्पपछि सुनामीको चेतावनी दिइएको थियो  भने सर्वसाधरणहरुलाई अग्लो जमिनमा बस्न भनिएको थियो ।
पहिलो भुकम् पछि त्यहाँ एक सय भन्दा बढी परकम्पहरू गएको जसले गर्दा पानी तथा  विद्युत्को आपुर्तिमा अवरोध आएको बताइएको छ ।
यसैबीच स्थानीय संचारमाध्यमका अनुसार   न्युजिल्याण्डको कैकौरा भन्ने स्थानमा भूकम्प पछि एक घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने मृतककी श्रीमती र उनका सय वर्षे वृद्ध आमालाई जिवितै उद्धार गरिएको छ ।
त्यस्तै कैकौराकै दक्षिण पश्चिमको माउन्ट लेफोर्डमा एक महिलाको मृत्यु भएको बताइएको छ ।
कैकौरा एक लोकप्रिय पर्यटकीय गन्तव्य मानिन्छ ।  त्यहाँ भूकम्पका कारण गएको पहिरोबाट राजमार्ग बन्द भएको बताइएको छ ।
उद्धार कर्ताहरूले हेलीकप्टरबाट मानिसहरूलाई उद्धार गरेको बताइएको छ ।
क्राइस्टचर्चमा सन् २०११ मा गएको भूकम्पमा १८५ जनाको मृत्यु भएको थियो ।
 

 

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  ०८:४६
प्रतिक्रिया दिनुहोस्