देश

चन्द्रपुर (रौतहट) । चन्द्रपुर नगरपालिका–१० बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टी ट्यांकीमा डुबेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार गएराति चन्द्रपुर–१० बिनुवाटोलका दुई वर्षीय रन्जे साह र सोही गाउँकी दुई वर्षीया खुश्बु साहको डुबेर मृत्यु भएको हो ।
मंगलबार साँझ दुवै बालबालिका स्थानीय ह्रदय पासवानको घरमा खेल्नेक्रममा ट्वाइलेटको सेफ्टी ट्यांकमा डुबेका थिए । दुवै बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रासस
प्रकाशित मिति: बुधबार, असार ११, २०८२ ०९:३९
प्रतिक्रिया दिनुहोस्