site stats
बाह्रखरी :: Baahrakhari
विदेश
डोनाल्ड ट्रम्पको वार्षिक तलब १ डलर !
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । रिपब्लिकन पार्टीका तर्फबाट नवविर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्षिक १ डलरमात्रै तलब लिने भएका छन् । तर, उनको तलब यतिमात्रै भने होइन । उनको मासिक तलब नै चार लाख डलर हुन्छ । उनले यो तलब नलिएर कानुनी रूपमा लिनैपर्ने वार्षिक एक डलरमात्रै लिने घोषणा गरेको एएफपीले जनाएको छ । 
अमेरिकास्थित सीबीएस टेलिभिजनको कार्यक्रम ‘सिक्स्टी मिनेट्स’सँग कुरा गर्दै डोनाल्ड ट्रम्पले भनेका छन्, “मैले राष्ट्रपतिको रूपमा पाउने तलब लिने छैन ।” 
ट्रम्पले राष्ट्रपति चुनावको प्रचारका क्रममा निर्माण गरेको चुनावी अभियानको एक भिडियोमा पनि उनले राष्ट्रपतिको रूपमा पाउने तलब नलिने बताएका थिए ।
“मलाइ लाग्छ, कानुनी रूपमा मैले एक डलर लिनुपर्ने हुन्छ । त्यसैले म बर्षको एक डलर  लिन्छु,” उनले थपे ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  ११:४१
प्रतिक्रिया दिनुहोस्