site stats
बाह्रखरी :: Baahrakhari
विदेश
२४ घण्टाभित्र सहर छाड्न अलेप्पोबासीहरूले पाए चेतावनीयुक्त मोबाइल सन्देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । गृहयुद्धबाट पिल्सिएका सिरियाका पूर्वी अलेप्पोबासीहरूले आउँदो २४ घण्टाभित्र सहर छाड्न आइतबार बिहान सरकारको चेतावनीयुक्त मोबाइल सन्देश (टेक्स्ट मेसेज) प्राप्त गरेका सीएनएनले जनाएको छ ।
उनीहरूलाई सहरमा बम आक्रमण गरिने भएकाले २४ घण्टा भित्र सहर छाड्न भनिएको छ ।
साथै पूर्वी अलेप्पोका बिद्रोहीहरूलाई हतियार बिर्साउन पनि एक अन्तिम चेतावनी दिइएको छ ।
गत महिनामात्र सिरियाका बिद्रोहीहरुले पूर्वी अलेप्पोमा सरकारी घेराबन्दी बिरुद्ध प्रतिकार सुरु गरेका थिए । 
संयुक्त राष्ट्रसंघका अनुसार बिद्रोही नियन्त्रीत अलेप्पोमा करिब दुईलाख पचासहजारदेखि दुईलाख ७५ हजार सर्बसाधरणहरू बस्छन भने सरकार नियन्त्रीत अलेप्पोमा  १.५ मिलियन मानिसहरू बस्छन् ।
 
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  १३:००
प्रतिक्रिया दिनुहोस्