site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्घटनाबाट बाँचेकी युवतीले बाँडिन ट्राफिकलाई खाना उपहार !
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
डिल्ली पाण्डे । १६ महिना अघि काठमाडौंको धुम्म्रबाराहीकी २२ वर्षीया प्रशंसा थापाको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल अगाडि सडक दुर्घटना भयो । सिहदरबारबाट भित्री सडक हुँदै पाटन जाँदै गरेका बेला थापा सवार स्कुटरलाई बसले ठक्कर दियो । थापा सडकमा पछारिन र अचेत भईन । सडकमा पछारिएकी थापालाई एक जना महिला ट्राफिकले उठाइन्, छातीमा प्रेसर दिएर अस्पताल पुर्याइन् । केही दिनको अस्पताल बसाईपछि थापा घर फर्किन ।
घर फर्किएपछि मात्रै उनलाई थाहा भयो– मृत्युको पुग्न लागिसकेकी उनलाई ट्राफिकले नै बँचाएका थिए । 
यसैबाट प्रभावित भएर थापाले सोमबार बिहान काठमाडौं उपत्यकाभित्रका सडकमा डिउटीमा रहेका १ सय ७५ जना ट्राफिक प्रहरीलाई खाना उपहार दिइन् ।
थापाले बाहखरीसँग कुरा गर्दै भनिन्, “मैले ५ वर्षदेखि स्कुटर चलाउँदै आएकी थिएँ, पहिलो पटक सडक दुर्घटनामा परे, मेरो दुर्घटना हुदा रमिते हेर्ने धेरै थिए, सडक भरी, तर उठाउने आट कसैले गरेनन्, सडकमा भएकी ट्राफिक दिदीले मलाई अस्पताल पुर्‍याउनु भयो।”
उनले थपिन, “हामी सँधै ट्राफिकलाई बाङ्गो आखाले हेर्ने गर्छौं र सडकमा जाम भएदेखि सडक बिग्रिएको भत्किएको देखे पनि ट्राफिकलाई गाली गर्न पछि पर्दैनौँ, धुवाँ धुलो खाएर सवारी व्यवस्थापनका लागि खटिँदै आएका  ट्राफिक प्रहरीबारे सकरात्मक धारणा हामीमा कहिल्यै आएन । सोको जनचेतनाका लागि नै मैले खाना वितरण गरेकी हुँ ।”
उनले अगाडि भनिन्, “ट्राफिकको आँखा छली सवारी चलाउनु भनेको दुर्घटना निम्त्याउनु हो, एक दिन भागिएला दुई दिन भागिएला आखिर एक दिन त दुर्घटना बेहोर्नुपर्छ नै । त्यसैले सडक दुर्घटना कम गर्न चालकले बानी सुर्धानु पर्छ र ट्राफिकलाई हेर्ने नजरमा पनि परिर्वतन ल्याउनुपर्छ ।”
थापाले सोमबार बिहान काठमाडौंको रिङरोड तथा भित्री सडकमा विभिन्न भागमा डिउटीमा रहेका ट्राफिक प्रहरीलाई टिफिन बक्स प्रदान गरेकी हुन् ।
 
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  १७:०१
प्रतिक्रिया दिनुहोस्