site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इराकको फलुजामा भएको दुई बम बिस्फोटमा ९ को मृत्यु, २५  घाइते
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । इराकी सहर फलुजामा भएको दुई बम बिस्फोटमा कम्तीमा ९ जनाको मृत्यु भएको र २५ जना घाइते भएको बीबीसीले जनाएको छ ।  घटनामा इस्लामिक स्टेटको हात रहेको आशंका गरिएको छ ।
आक्रमणकारीहरूले सहरको मध्यभागमा रहेको दुई सैन्य सुरक्षा चौकीमा आक्रमण गरेका थिए । 
जुन महिनामा सरकारी सुरक्षाबल ले फलुजा सहरलाई इस्लामिक स्टेटको कब्जाबाट मुक्त गरेको थियो । 
बिस्फोटपछि स्थानीय प्रशासनले उक्त क्षेत्रमा कर्फ्यू लगाइएको बताएको छ । 
 
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  ०७:४२
प्रतिक्रिया दिनुहोस्