site stats
बाह्रखरी :: Baahrakhari
विदेश
डोनाल्ड ट्रम्पका छोराछोरी पिताको प्रशासनमा सहभागी नहुने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराछोरीहरूले आफ्नो पिताको प्रशासनमा सहभागी भएर काम नगर्ने बताएका छन् । उनीहरूले आफ्नो  रियल एस्टेट व्यवसायमा ध्यान दिने बताएको पीटीआईले जनाएको छ ।
अमेरिकी  टेलिभिजन सीबीएसको साक्षात्कार कार्यक्रम ‘सिक्स्टी मिनट्स’ मा बोल्दै ट्रम्पका छोरा एरिक तथा छोरी इभान्काले उनीहरूले न्यूयोर्कमै बसेर आफनो बुबाको रियल स्टेट व्यवसायमा ध्यान दिने स्पष्ट पारेका थिए ।
 
 
 
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  ०७:४६
प्रतिक्रिया दिनुहोस्