site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
इलाम ।  नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चिया खेतीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन विशेष पहल सुरू भएको बताएका छन् ।  
बुधबार बिहान सञ्चारकर्मीसँगको भेटघाटमा उनले इलामको पहिचान चियालाई ‘अग्र्यानिक’ अभियानमा लगेर विश्व बजारमा पुर्याउन सकेमा इलामसहित देशकै आर्थिक विकासमा टेवा पुग्ने बताए ।  
चियालाई विश्व बजारमा प्रतिस्पर्धाका लागि जापानको जाइका कम्पनीले इलामका केही चिया बगानको परीक्षण तथा अनुगमन गरिरहेको छ, त्यसको रिपोर्ट आएपछि काम अघि बढ्छ, उनले भने ।  
इलाम कृषि उत्पादनमा अग्रणी जिल्ला मानिएकाले चिया, अलैँची, अदुवा, ओलन दुध लगायतको बजार विस्तारमा समेत पहल भइरहेको उनको भनाइ छ । 
एक फरक प्रसङ्गमा उनले आगामी एक वर्षभित्रमा तीन तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए ।  नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएकाले यसको सफल कार्यान्वयनका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए ।  
निर्वाचन क्षेत्र विशेष कार्यक्रमअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका काम प्रभावकारी र समावेशी ढङ्गले अघि बढिरहेको उनले बताए । इलामलाई पर्यटकीय जिल्लाको रूपमा अघि बढाउनुपर्नेमा पनि जोड थियो । रासस 
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३  ०९:३१
प्रतिक्रिया दिनुहोस्