site stats
बाह्रखरी :: Baahrakhari
देश

प्रहरीले ललितपुरको पुरानो बजार मानिने मंगलबजार क्षेत्रलाई लागुऔषध मुक्तm क्षेत्र बनाउन विषेश अभियान चलाएको छ । गल्ली र पूराना पाटीहरु धेरै रहेको मंगलबजार क्षेत्रलाई लागुऔषधका खुद्रा कारोबारीले केन्द्र बनाएर लागुऔषधको कारोबार गर्ने गरेको भन्दै ललितपुर प्रहरीले मंगलबजार क्षेत्रका गल्ली र पाटीहरुमा विशेष निगरानी बढाएको हो ।

प्रहरीले मंगलबजार क्षेत्रबाट ७ जना लागुऔषधका खुद्रा कारोबारीलाई नियन्त्रणमा लिएको छ । ललितपुर गाबहालका २५ वर्षीय विवेक वज्राचार्य, मकवानपुर सरिखेल पलासे ५ का २८ वर्षीय प्रदिप थिङ्ग, मकवानपुर कालिकाटार ८ का २१ वर्षिय  मनोज मोक्तान, इलाम फलगाछी ५ की ५५ वर्षीया प्रमिला लामा, मकवानपुर पालुङ्ग ५ का ५३ वर्षीय राम ढकाल, ललितपुर सौगलका ३७ वर्षका विकास महर्जन र काठमाडौं महानगरपालीका १४ का २८ वर्षीय एकान्त महर्जनलाई  विभिन्न लागुऔषध सहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी ईश्वर कार्कीले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“पक्राउ परेका ७ जना मध्ये १ जना महिला छन् । २ जना ५० वर्ष काटेका छन्, उनीहरुले घाम ताप्ने बाहानामा बिहानै देखि पाटीमा निस्कने र दुर्वेशनीमा फसेका युवाहरुलाई नपत्याउने गरी लागुऔषध बिक्री गर्ने गरेको भेटियो,” डीएसपी कार्कीले भने, “स्थानीयको धेरै गुनासो आउन थालेपछि हामीले अभियानकै रुपमा सादा पोशासका प्रहरी परिचान गर्यो ।”

“मसिना गल्ली र पुराना पाटी तथा धाराहरु धेरै भएका कारण दुर्वेशनीमा फसेका युवाहरुको ‘जक्सन’नै मंगलबजार हुने गरेको गुनासो बढेपछि हामीले त्यस क्षेत्रमा विषेश सुराकी राखेका थियौं,” उनले थपे ।

इलाम फलगाछी ५ की ५५ वर्र्षीया प्रमिला लामा र मकवानपुर पालुङ्ग ५ का ५३ वर्षिय राम ढकाल लामो समय देखि मंगलबजार क्षेत्रमा बस्ने र बिहानै खाना खाएर बेकामे जस्तै भएर घाम ताप्ने बाहानामा उनीहरु लागुऔषधको कारोबारमा संलग्न हुने गरेको प्रहरीको भनाइ छ  ।

समूहमा  आएका युवाहरुले उनीहरुबाट लागुऔषध किनेर मंगलबजार क्षेत्रका गल्ली र धाराहरुमा गएर सेवन गर्ने गरेको भेटिएपछि प्रहरी परिचालन गरी ७ जनालाई नियन्त्रणमा लिएको डीएसपी कार्कीले बताए ।

 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७३  १४:२७
प्रतिक्रिया दिनुहोस्