site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंको तारे होटलमा जुवा खेलाउँदै सन्नी, प्रहरी बेखबर

काठमाडौं । बलिउड हिरोइन सन्नी लियोन केही दिनदेखि अनलाइन जुवा खेलाउन नेपाल आएको खुलेको छ । ‘जितविन’ नामक अनलाइनमार्फत काठमाडौंको पाँचतारे र्‍याडिसन होटलमा उनले जुवा खेलाइरहेको तथ्य फेला परेको छ ।

अनलाइन जुवा नेपालमा प्रतिबन्धित छ । तरपनि उनले तारे होटलमा जुवा अखडा जमाएको उच्च स्रोतको दाबी छ । नेपालमा अनुमति नलिई कुनै पनि प्रकारको अनलाइन जुवा खेलाउन पाइँदैन ।

सन्नी लियोनले नेपाल आएर अनलाइन जुवा खेलाएको बारे प्रहरीलाई कुनै जानकारी नभएको नेपाल प्रहरीले बताएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेले भने, “सन्नी लियोन नेपाल आएर जुवा खेलाइरहेको हामीलाई जानकारी छैन । नेपालमा अनलाइन जुवा खेलाउन पाइँदैन, यसरी खेलाएको भेटिए  कारबाही हुन्छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सनी लियोनी केहीदिनदेखि नेपालमै रहेको स्रोतको दाबी छ । 

 

 

And your favorite dealer is back ????Join me on https://t.co/KqRgJdqpxF https://t.co/v5t4eGSeeh

— Sunny Leone (@SunnyLeone) September 17, 2017

 

 

सन्नी लियोनीले आफ्नो फेसबुक र ट्वीटरबाट पनि यसको लाइभ गरेको भेटिएको छ । १६ सेप्टेम्बरमा आफ्नो फेसबुक पेजमा र्याडिसन होटल काठमाडौं उल्लेख गर्दै भिडियो समेत पोष्ट गरेकी छन् । 
 

प्रकाशित मिति: बुधबार, असोज ४, २०७४  ११:५८
प्रतिक्रिया दिनुहोस्