site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जनतालाई भोटसँगै नोटको मालिक बनाऔँ : महामन्त्री शर्मा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले रेमिट्यान्सबाट आउने १० प्रतिशत रकम जलविद्युत्मा लगानी गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले जनतालाई भोटको मात्र नभई नोटको पनि मालिक बनाउनुपर्ने बताए । ग्रामीण अर्थतन्त्रमा जलविद्युत्मा लगानी नै महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत्मा जोड्न सके उनीहरू भोटको मात्र नभई नोटको पनि मालिक हुन सक्ने सांसद शर्माले बताए ।

“५० सालमा खाडीमा गएको बाबुले ६५ सालमा छोरा वा छोरीलाई दसैँको टीका लगाइदिँदै गर्दै – अब मेरा हातखुट्टा गले, तिमी नजाने ? भन्ने अवस्था बनाउने हो भने उनीहरूलाई हाइड्रोको मालिक बनाउने हो,” उनले भने, “माननीय अर्थमन्त्रीले १० प्रतिशत रकम मात्र हाइड्रोमा प्रेरित गरेर रेमिट्यान्सलाई हाइड्रोतर्फ आकर्षित गरे आगामी वर्ष झन्डै हजार अर्बबराबरको रेमिट्यान्स आउँदै गरेको प्रक्षेपण हामीसामु छ ।”

अरुण तेस्रो जलविद्युत् आयोजना राष्ट्रवादको नाराको चपेटामा परेको उनले उल्लेख गरे । राजनीतिक प्रवृत्तिले नै काममा ढिलासुस्ती भएको उनको आरोप छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्