site stats
बाह्रखरी :: Baahrakhari
विदेश
‘मोखा’ आँधीमा परी म्यानमारमा ८१ जनाको मृत्यु

नेपिट । म्यानमारमा ‘मोखा’ आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ ।

अल्पसंख्यक रोहिंग्या मुसलमानको बसोबासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा मात्र कम्तीमा ४६ जनाले ज्यान गुमाएका सरकारी अधिकारीले बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राखिनको राजधानी सित्तवेको उत्तरमा अवस्थित राथेदाउङ गाउँको मठ भत्किँदा १३ जनाले ज्यान गुमाएका तथा सोही गाउँको छिमेकमा भवन भत्किँदा एक महिलाको मृत्यु भएको सरकारी टेलिभिजन एमआरटीभीले जनाएको छ ।

आँधीका कारण  १०० भन्दा बढी हराइरहेकाले ज्यान गुमाउनेको संख्या अझै बढ्ने बुमा गाउँका प्रमुख कार्लोले बताएका छन् ।

सिट्टेनजिक विस्थापित रोहिंग्या शरणार्थी शिविरमा नौजनाको मत्यु भएको तथा ओन ताव छे गाउँमा एकजना र ओव गीमा ६ जनाले ज्यान गुमाएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै एमआरटीभीले जनाएको छ । रासस/एएनआई

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्