site stats
बाह्रखरी :: Baahrakhari
खेल
काभा महिला भलिबल च्याम्पियनसिप : उज्वेकिस्तानको विजयी सुरुआत

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ मा उज्वेकिस्तानले विजयी सुरुआत गरेको छ ।

सोमबारदेखि सुरु भएको प्रतियोगिताको समूह ‘बी’को पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकाविरुद्ध ३–० को सोझो सोटमा जित निकालेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २७–२५ ले आफ्नो पक्षमा पारेको उज्वेकिस्तानले त्यसपछिका दुई सेटमा भने सहज जित निकाल्यो । उज्वेकिस्तानले दोस्रो सेटमा २५–२० र तेस्रो सेटमा २५–१४ ले जित निकाल्यो ।

आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजखस्तान छन् । यस्तै, समूह ’ए’ मा नेपाल, कीर्गिस्तान, भारत र बंगलादेश छन् ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्