site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नक्कली भुटानी शरणार्थी प्रकरण : एमाले महासचिवले गरे आलोचना
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन ‘हल्काफुल्का’ रूपमा तयार गरिएको आरोप लगाएका छन् । सत्तापक्षको निर्देशनानुसार प्रहरीले सामान्य रूपमा अनुसन्धान प्रतिवेदन तयारी गरी बुझाएको उनको आरोप छ ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले प्रहरीले फितलो प्रतिवेदन तयार गरेको भन्दै आलोचना गरेका हुन् । प्रहरीले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो प्रकरणका विषयमा बाहिरिएका केही भिडियोमा नाम मुछिएका अरू व्यक्तिलाई छानबिनको प्रक्रियामै नल्याइएको उनले उल्लेख गरेका छन् । संवेदनशील र गम्भीर अपराधका विषयमा ‘कमजोरी’ गरिएको उनको भनाइ छ ।

प्रहरी स्रोतले भने अरू केही ‘हाइ प्रोफाइल’को संलग्नता रहेको आशंका गरिए पनि प्रमाणको अभावमा पक्राउ गर्न नसकिएको जनाएको छ ।

“पीडित भनिएकाहरूले सार्वजनिक गरेका र पीडितसँगको संवादका क्रममा अभियुक्तहरूले नै नाम लिएका अडियो–भिडियो सामाजिक सञ्जालमा छताछुल्लहुदा पनि सम्बन्धित व्यक्तिलाई छानबिनको प्रक्रियामा नै नल्याईकनै सत्तापक्षको निर्देशनअनुरूपको अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का रूपमा तयार गरी सरकारी वकिलको कार्यालयमा बुझाइएको कुरा सार्वजनिक हुँदा सुरुदेखि नै गरिएको आशंकालाई पुष्टि गरेको छ,” पोखरेलले फेसबुकमा लेखेका छन्, “यति संवेदनशील र गम्भीर अपराधका विषयमा गरिएको यसप्रकारको कमजोरीको जति आलोचना गरे पनि कम हुन्छ ।”

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्