site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उद्योग समितिमा मन्त्री उपस्थित नभएपछि सांसदको आपत्ति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योगमन्त्री उपस्थित नभएपछि सांसदहरूले आपत्ति जनाएका छन् । नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति र वितरणका विषयमा छलफल गर्न बिहीबार (असार ५) सिंहदरबारमा बसेको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी उपस्थित नभएपछि सांसदले आपत्ति जनाएका हुन् ।

मन्त्री उपस्थित नभएका कारण सांसदले धारणा राख्न नमानेपछि बैठक स्थगन गरिएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद सूर्यमान तामाङ (दोङ)ले उद्योगमन्त्रीको कार्यशैलीप्रति आफूहरूलाई शंका लागेको बताए । समितिले बोलाउँदा पनि मन्त्री नआएकाले बैठक अघि बढ्न नसक्ने उनले उल्लेख गरे ।

समिति सभापति अब्दुल खानले नुनका विषयमा छलफल गर्न बोलाउँदा पनि मन्त्री नआएकाले गम्भीर ध्यानाकर्षण भएको बताए । मन्त्री उपस्थित नभएपछि उनले बैठक स्थगन गरेका थिए । हिमालयन टेली भ्वाइस
 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्