देश

डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिका–७, सादनीमा सर्पले डसेर १३ वर्षीय किशोर प्रकाश भट्टराईको मृत्यु भएको छ । बिहीबार (असार ५) बिहान शौचालय गएका बेला उनलाई सर्पले डसेको इलाका प्रहरी कार्यालय जोगबुडका प्रमुख सुरेश रोकायाले जानकारी दिए ।
तत्काल अस्पताल पुर्याइएका उनको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशंकर माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत थिए । रासस
प्रकाशित मिति: बिहीबार, असार ५, २०८२ १२:१०
प्रतिक्रिया दिनुहोस्