site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागकिता विधेयकलाई भारतसँग जोडेर हेर्नु नश्लवादी सोच, समस्या हामीभित्र छ : जनमत पार्टी
फाइल तस्बिर।

काठमाडौं । जनमत पार्टीका सांसद तथा निर्वतमान खानेपानीमन्त्री अब्दुल खानले नागरिकता विधेयक प्रमाणीकरण गरिनु र प्रधानमन्त्रीको भारत भ्रमणलाई जोडेर विश्लेषण गर्नु नश्लीय सोच हुने बताएका छन् । 

बाह्रखरीसँगको कुराकानीमा उनले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर नागरिकले नागरिकता पाउने संविधानप्रदत्त अधिकार प्रदान गरेको भन्दै पार्टीले यसको स्वागत गर्ने जानकारी पनि दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यो नश्लवादी सोच हो, नश्लवादी चिन्तले गर्दा उहाँहरूको यस्तो प्रतिकृया आएको हो,” प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) यसलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोडेर प्रतिकृया दिइरहेको छ नि भन्ने प्रश्नमा खानले भने, “मधेसीलाई इंगित गरेर भएका यस्ता कुराहरू ठिक हैन । पहाडी मुलका मानिसहरू पनि नागरिकता नपाएर रोएर बसेका छन् । हिमाल पनि उस्तै समस्या छ ।”

उनले नागरिकतासम्बन्धी समस्या भारतको वा अन्य छिमेकी मुलुकको नभएर नेपालभित्र रहेका नेपाली नागरिकहरूको समस्या भएको भन्दै यसलाई अतिरञ्जित गर्न नहुने धारणा राखे । नागरिकता विधेयकमा एमालेले द्वेध चरित्र साधेको भन्दै आफूले गरे ठिक अरूले गरे बेठिक भन्ने मानसिकता एमालेले त्याग्नुपर्ने बताए ।

उनले संसद्ले पास गरेको यो विधेयक अघिल्लो राष्ट्रपतिले नै प्रमाणीकरण गरेको भए जनता अनागरिक बनेर संवैधानिक अधिकार प्राप्तिको अवसरबाट वञ्चित हुन नपर्ने धारणा राखे ।

“दुवै सदनले पास गरेको, दुईपटक पास गरेको विधेयक राष्ट्रपतिले नैतिकताको आधारमा गर्नुपर्ने हो । यो जनमत पार्टीले स्वागत गर्छ,” उनले भने, “यो अघिल्लो राष्ट्रपतिले नै प्रमाणीकरण गर्नुपर्ने थियो । तर, उहाँले गर्नुभएन । त्यसकारण विधेयक प्रमाणीकरणमा ढिलाइ भयो । तर, ढिलै भए पनि जे भयो, राम्रो भयो ।”

सांसद खानले संविधानको धारा १० र ११ को ३ ले नागरिकता पाउने हक दिएको भन्दै यसको पूर्ण कार्यान्वयनमा जोड दिए ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्