site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस विधि र नियममा चलेन : प्रकाशमान सिंह
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको बताएका छन् । कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनमा शनिबार उनले यस्तो बताएका हुन् ।

विधिसम्मत रूपमा पार्टी नचल्दा असन्तोष व्यक्त भइरहेको उनले उल्लेख गरे । पार्टीलाई विधिसम्मत रूपमा अघि बढाए कांग्रेसले अरू कसैको चुनौती सहनु नपर्ने उनको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“मेरो एउटै जोड छ, विधि र नियमबाट पार्टी चलाऔँ । विधि र नियमबाट पार्टी चलेको भए त यति असन्तोष कहीँ पनि सुन्न पर्दैन थियो । अब बचेको समयमा पार्टीलाई विधि, नियमसम्मत अघि बढायौँ भने अरू पार्टीको चुनौती सामना गर्नुपर्ने छैन,” उनले भने, “बाँकी समय केन्द्रीय कार्यसमिति, पार्टी सभापतिज्यूले सम्पन्न गर्नुपर्ने, पदाधिकारीले गर्नुपर्ने सबै काम गरेर बाँकी समयलाई, नेपाली कांग्रेस आउने दिनको चुनौती सशक्त रूपमा निभाउँछ भन्नेमा हामी लाग्नुपर्छ । पार्टी लामो इतिहास भएको पार्टी हो । कांग्रेस पार्टीको जस्तो विचारधारा अरू कुन पार्टीको छ र ? तर, चल्दा तलमाथि भइरहन्छ । हामीले अब धेरै ढिला गर्नु हुँदैन, समय रहँदै एक्ट गरौँ । सबैले गर्ने काम आफूले गरौँ ।”

नेता सिंहले जननिर्वाचित प्रतिनिधि र संगठनका नेताहरूबीच समन्वय हुन आवश्यक देखिएको पनि बताए ।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्