site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अत्यावश्यक सेवामा हडताल निषेध गर्ने मन्त्रिपरिषद्को निर्णय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमडौं । सरकारले अत्यावश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको प्रस्तावमा आवश्यक सेवा संचालन नियमावली २०१४ को दफा ३ को उपदफा १ बमोजिम अत्यावश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेको हो ।
 
“आवश्यक सेवामा हडताल निषेधको आदेश जारी गर्ने निर्णय भएको छ,” सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, “कहाँ–कहाँ हडताल निषेध गर्ने भनेर नेपाल राजपत्रमा सूचना प्रकाशित गर्नेछ ।” 

उनले कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिको अध्यक्ष तोकिएको पनि जानकारी दिइन् । “कालिमाटि तरकारी तथा फलफूल बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भूजेललाई तोकिएको छ,” मन्त्री शर्माले भनिन् ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्