site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चौधरी बोलिरहँदा एमाले सांसदको नियमापत्ति, शब्दावली हटाउन सभामुखको रुलिङ

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद विनोद चौधरी बोलिरहँदा नेकपा (एमाले)का सांसदले नियमापत्ति गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले ‘जब पर्यो राति, अनि बुढी ताती’ भन्ने उखान बोलेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसपश्चात् एमाले महिला सांसदहरूले नेपाली उखान लिएर नेपाली महिलामाथि आक्रमण भन्दै जब पर्यो राति अनि बुढी ताती भन्ने शब्दावली रेकर्डबाट हटाउन माग गरे ।

उक्त वाक्य लैङ्गिकमैत्री नभएको भन्दै सभामुख देवराज घिमिरेले रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्