site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सदनमा जर्नादनको प्रस्ताव : १० वर्षको बजेटको अध्ययन र समीक्षा गरौं

काठमाडौं । निवर्तमान अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) सांसद जर्नादन शर्माले १० वर्षको बजेटको अध्ययन र समीक्षा गर्न सदनमा प्रस्ताव राखेका छन् । यसका लागि समिति बनाएर काम गर्न सकिने बताए । 

शुक्रबारको प्रतिनिधसभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले बजेटको समीक्षा गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शून्य अंक दिनु सत्ताबाट विमुख हुनपर्दाको पूर्वाग्रह र प्रतिशोधपूर्ण भएको बुझाइ आफ्नो रहेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“बजेटको वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ देशको भविष्य र जनताको जीवनसँग सरोकार राख्ने बजेटलाई राजनीतिक चस्माबाट हेर्न हुदैन,” उनले भने, “विगत १० वर्षको बजेटलाई समीक्षा गर्न म सदनमा प्रस्ताव राख्न चाहन्छु,” उनले भने, “यसका लागि अर्थविद्, नागरिक समाज, पत्रकार, किसान, पूर्वन्यायाधीश सम्बन्धित क्षेत्रको विज्ञ समेत भएको एउटा उच्चस्तरीय आयोग वा समिति बनाउ ।”

उनले आवश्यकताअनुसार अन्तर्राष्ट्रिय अर्थविद्को पनि सहयोग लिन सकिने भन्दै राजनीति आग्रह र पूर्वाग्रहबाट निस्केर समस्या समाधान गर्न सकिने बताए ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्