site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
विद्यार्थी

घोटिइसकेपछि माटाको डल्लो
कुमालेको चक्रमा
बन्छ घैला, प्याला या फूलदानी
लिन्छ मूर्त आकार
अनि पाउँछ नयाँ जीवन

हुन्छ पुनर्जागरण सिर्जनाको

एउटा अबोध मस्तिष्क
उडाउँदै मनभरि चंगा
अक्षर, चित्र अनि शब्दहरूका
पुग्न खोज्छन् दूर क्षितिज
भरेर आकांक्षाका अडानहरू
आकाशिन्छन् रहर

चलायमान बन्छन् कल्पना

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

झुलाउन खोज्छन्
भाग्यका बाला

छर्न खोज्छन्
सिर्जनाको सुगन्ध
खुसीका पटांगिनीमा
बनेर सुनाखरी र गुलाफ ।

(तिलोत्तमा, रुपन्देही)
 

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्