site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कार्कीविरुद्ध उजुरी गर्नेमध्ये २३ जना सम्पर्कमा

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धका उजुरीमाथि छलफल थालिएको छ । प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा उजुरीमाथि छलफल गरिँदै छ ।

काकीविरुद्ध उजुरी गर्नेमध्ये २३ जना सम्पर्कमा आएको समितिका ज्येष्ठ सदस्य एवं सभापति पशुपतिशमशेर जबराले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गम्भीर प्रकृतिका उजुरीमा मात्र प्राथमिकता दिएर छलफल गर्ने निर्णय गरिएको उनले बताए । उनका अनुसार प्रत्येक उजुरीकर्तालाई १० मिनेटको समय उपलब्ध गराइनेछ ।

“गम्भीर प्रकृतिका उजुरी मात्र प्राथमिकता दिएर छलफल गर्ने, सामान्य उजुरीका लागि छलफल कम गर्ने,” उनले भने, “प्रत्येक उजुरीकर्तालाई १० मिनेटको समय उपलब्ध गराइनेछ ।”

उजुरीकर्तालाई समितिको बैठकमा बोलाएर छलफल गर्न लागिएको हो । उनीहरूका उजुरीमाथि सुनुवाइ सकिएपछि भोलि प्रस्तावित प्रधानन्यायायाधीश कार्कीलाई समितिमा बोलाएर सुनवाइ गर्ने तालिका तय गरिएको छ । संसदीय सुनुवाइ गरेर कार्कीलाई अनुमोदन गर्ने तयारी छ ।

गएको शुक्रबारसम्म दिइएको समयसीमामा कार्कीविरुद्ध २९ उजुरी परेका छन् ।

गएको वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । जेठ १६ मा कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको थियो ।

६५ वर्षे उमेरहदका कारण कार्कीले आउँदो साउन २० देखि अनिवार्य अवकाश पाउँदै छन् ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्