site stats
बाह्रखरी :: Baahrakhari
कला
जब जुन विषयमा समाजले खुलेर कुरा पनि गर्दैन, त्यसैमा अफर आयो 

काठमाडौं । जुन विषयमा समाज र परिवारमा खुलेर छलफल पनि हुँदैन, त्यही विषयको सिनेमाका लागि शिल्पा (मास्के)लाई अफर आयो । अर्थात् विवाहेत्तर सम्बन्धको सिनेमाका लिड रोलका लागि । सुरुमा त कसरी गर्ने उनी आफैँले आफैँलाई कन्भिन्स गर्न गाह्रो भयो । 

आजसम्म उनको विवाह पनि भएको छैन । विवाहेत्तर सम्बन्धको कुरा त पछिको कुरा । “कुनै एउटा गाउँले केटीको रोल भएको भए म कुनै गाउँमा गएर बस्थेँ होला । त्यहाँको भाषा र लवजका बारेमा अध्ययन गर्थें होला अथवा कसैको यसो गर भनेर दिएको इन्स्ट्रक्सन अनुसार काम गर्थें होला,” शिल्पाले चलचित्र ‘परस्त्री’ सिनेमामा आफ्नो क्यारेक्टरको अफरको क्षण सुनाउँछिन्, “तर, यो क्यारेक्टर त मेरै लागि चुनौतीपूर्ण थियो । त्यसैले सुरुमा के गर्ने होला भनेर आफैँले आफैँलाई कन्भिन्स गर्न कठिन भइरहेको थियो ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शिल्पालाई कहाँबाट ल्याउने यसको रिफरेन्स, कसरी यसबारे जान्ने, कसरी खिचिन्छ होला ? भन्ने जस्ता धेरै प्रश्नले एकैपटक घेरे । तर, उनले जब सिनेमाको टिम सम्झिइन् अनि उनी आफैँले आफैँलाई कन्भिन्स् गरिन्– म सँग राम्रो टिम छ, किन सक्तिन काम गर्न ? सक्छु । रिल लाइफ पो हो त, रियल लाइफ त होइन नि !  

‘मेरो पेसा नै अभिनय हो, मैले फरक–फरक रोल गर्नुपर्छ । यसरी फरक रोलमा अफर आउनु र काम गर्न पाउनु त राम्रो हो नि !’ उनले आफैँले आफैँलाई कन्भिन्स गरिन् । 

शिल्पालाई अर्को कुराको पनि लोभ थियो, र त्यो हो सुरज पाण्डेको निर्देशन । सुरजको यो पहिलो सिनेमा थियो । हरेक निर्देशकले आफ्नो पहिलो सिनेमामा सतप्रतिशत मिहिनेत गर्छ भन्ने उनलाई थाहा थियो । “निर्देशकका लागि पहिलो सिनेमा उसको बच्चाजस्तै प्यारो हुन्छ भन्ने मलाई थाहा थियो”, शिल्पा भन्छिन्, “सुरजको पहिलो निर्देशन भएकाले मलाई उसले राम्रो काम गर्छ भन्ने विश्वास थियो । दीपेन्द्र के खनाल दाइको लेखन थियो । उहाँका सिनेमाको पेस मलाइ मन पर्छ । त्यसैले मैले भनेको हो यो टिमप्रति मलाई विश्वास छ ।” त्यसैले त उनी स्पष्ट भन्छिन्– मलाई म सँग भन्दा पनि मेरो टिमप्रति विश्वास छ ।

सुरज पाण्डेको निर्देशन रहेको चलचित्रमा शिल्पा मास्के मुख्य भूमिकामा छिन् । कोसिस क्षेत्री र गौरव विष्ट पनि चलचित्रको मुख्य भूमिकामा छन् । 

यही असार १५ गतेबाट सिनेमा नेपाल र भारतमा एक साथ रिलिज हुँदै छ । हिन्दी भाषामा पनि चलचित्र रिलिज हुनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्