site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वमन्त्रीसहित १६ जनालाई थुनामा पठाउन अदालतले समाएका आधार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्री, एक सचिवसहित १६ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । 

शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुईजनालाई धरौटीमा रिहा गर्दै बाँकीलाई कारागार चलान गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तत्काल प्राप्त प्रमाणले उनीहरू दोषी होइनन् भन्ने अवस्था नदेखिएकाले उनीहरूलाई थुनामा पठाउनु मनासिव देखिएको आदेशमा उल्लेख छ ।  आदेशमा ‘पछि ठहरेबमोजिम हुने’ पनि उल्लेख छ ।

“मौकाको बयान, बरामद भएको सीडीहरू, पेन ड्राइभर सनाखत मुचुल्काहरू, बरामद भएको डायरीहरू बरामद भएका वस्तुहरूको परीक्षण प्रतिवेदन, घटना विवरणमा कागज गर्ने व्यक्तिहरूले अनुसन्धानका क्रममा लेखाएका व्यहोराहरू, मिसिलमा संलग्न बैंक स्टेटमेन्टहरूलगायत तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीहरू हाल कसुदार होइनन् भन्न सकिने अवस्था देखिएन,” आदेशमा भनिएको छ ।

आदेशमा अगाडि भनिएको छ, “पछि थप प्रमाण बुझ्दै र अदालतले परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रस्तुत मुद्दाको रोहमा प्रतिवादीहरू टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टेकनाथ रिजाल, रामशरण केसी, सन्दीप रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्द चौधरी, नरेन्द्र केसी, सन्देश शर्मा, शमशेर मियाँ, हरिभक्त महर्जन र आइटावा शेर्पा कसुरदार रहेको देखिँदा निजहरूले नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन गरेको कसुरको गाम्भिर्यता र निजहरूलाई हुन सक्ने सजायसमेतलाई दृष्टिमत गर्दा प्रस्तुत मुद्दाको रोहमा मुलुकी फौजदारी कार्यविधि संहिता, ऐ. संहिताको दफा ८० बमोजिम थुनुवा पूर्जी दिई कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा कानूनबमोजिम थुनामा राख्न पठाइदिनू ।”

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्