site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मुख्यमन्त्रीहरूको क्लब निर्माण गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सातै प्रदेशका मुख्यमन्त्रीहरूको क्लब निर्माण गर्नुपर्ने बताएका छन् । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सातै प्रदेशका मुख्यमन्त्रीहरूले आफ्नो अधिकार प्राप्तिका लागि प्रधानमन्त्रीलाई दबाब दिन एउटा क्लब बनाउनुपर्नेमा उनले जोड दिए । सबै प्रदेशका मुख्यमन्त्री भइसकेपछि फरक पार्टीका हुने र त्यसले प्रधानमन्त्रीलाई प्रदेशका अधिकार काट्नबाट दबाब सिर्जना हुने उनको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका उनले सांसदहरूले मनपरी खर्च गर्ने, आर्थिक नियमावली पालना नगर्ने भन्ने आरोपहरू लाग्ने गरेको भन्दै त्यसमा पनि चनाखो हुन आवश्यक रहेको बताए ।

“सांसदहरूले मनपरी खर्च गर्छन्, आर्थिक नियमावली पालना गर्दैनन्, धेरै बेरुजु त्यहीँ देखिन्छ भन्ने गरी गाली गर्दछन् । त्यसैले हामीले आफूलाई पनि ठिक ढंगबाट चलाउनुपर्छ । कमसेकम मुख्यमन्त्रीहरूमाथि मन्त्री हुने स्तरका नराख्ने र पार्टीबाट निकालेर दिँदा व्यवस्था बदनाम हुन्छ । हामीले जनताको सेवा पूरा गर्न सकेका छैनौँ,” उनले भने, “यो बजेटप्रति गाउँपालिका, नेपाल नगरपालिका संघको गम्भीर असहमति छ । मुख्यमन्त्रीहरूको एउटा संघ बनाएर प्रधानमन्त्रीलाई आफ्नो अधिकारको लागि दबाब दिनुपर्छ । केन्द्र सरकार संघीयताविरुद्ध लागिरहेको छ भने मुख्यमन्त्रीको क्लबले दबाब दिनुपर्छ ।”

उपमहासचिव गुरुङले सांसदहरूले आफूलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताए ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्