site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नागरिक लगानी कोषका लगानीकर्ताले २५ प्रतिशत लाभांश पाउने

काठमाडौं । सरकारले नागरिक लगानी कोषलाई २६.३१६ प्रशितल लाभांश बाँड्न स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कम्पनीलाई पुँजीवृद्धि गर्न स्वीकृति दिएसँग अब लगानीकर्ताले २५ बोनस सेयर र कर प्रयोजनका लागि १.३१६ प्रतिशत नगद लाभांश प्राप्त गर्ने छन् ।

कोषको सञ्चालक समितिको वैशाख २९ गतेको बैठकले सेयरधनीलाई लाभांश दिने प्रताव गरेको थियो । उक्त प्रस्ताव अर्थमन्त्रालयमा पठाएकोमा मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्रिपरिषद्को बैठकले कम्पनीको चुक्तापुँजी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार पुर्‍याउन स्वीकृति दिएसँगै अब कोषको वार्षिक साधारण सभा बस्ने बाटो खुलेको छ ।

चैत मसान्तसम्म कम्पनीको चुक्तापुँजी चार अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयर बाँडेपछि कम्पनीको चुक्तापुँजी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ पुग्ने छ । 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्