site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाबिना नागरिकताको समस्या हल हुने थिएन, संघीयता आउँदैन थियो : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी नभएको भए नागरिकता समस्या कहिल्यै समाधान नहुने दाबी गरेका छन् । आइतबार पार्टीको विधान महाधिवेशनमा उनले जसपा नभइदिएको भए संघीयता पनि नआउने जिकिर गरे ।

“अहिले जनता समाजवादी पार्टी नभइदिएको भए नागरिकता समस्या नेपालमा कहिले पनि हल हुने थिएन । नेपालमा संघीयता कहिल्यै आउने थिएन । हिजोको मधेसी जनाधिकार फोरम भनेको आजको जनता समाजवादी पार्टी फोरम हो,” उनले, “यो पार्टी नभइदिएको भए धर्मनिरपेक्षता, समावेशिता जस्ता कल्पनाका कुरा हुने थिए ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले सरकार र गठबन्धन निरन्तर अघि बढ्नुपर्ने बताए । बजेटले जनतालाई निराश तुल्याएको यादवको भनाइ छ । अर्थतन्त्रलाई गति दिने बजेट नआएकाले जनता निराश भएको उनले बताए ।

सरकार जनताको हकहितमा अघि बढ्नुपर्ने बताउँदै यादवले जनताले सडकमा के बोलिरहेको छ भन्ने सुन्नुपर्ने धारणा राखे । कृषिलाई आधुनिकीकरण, व्यवसायिकीकरण र औद्योगिकीकरण गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्