site stats
बाह्रखरी :: Baahrakhari
विदेश
वाग्नर ग्रुपले खसालेको थियो रुसी सेनाको जहाज
फाइल तस्बिर ।

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गएको शनिबार भएको विद्रोहमा मारिएका पाइलटप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

शनिबारको घटनापछि पहिलो सार्वजनिक सम्बोधनमा पुटिनले वाग्नर ग्रुपले रुसी सेनाको लडाकु जहाज खसालेको पुष्टि गर्दै पाइलटले देखाएको देशभक्तिको सम्मान गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘फादरल्यान्ड’को रक्षा गर्न एकजुट भएकामा रुसी जनता, सेवाकर्मी, सुरक्षा निकायलाई धन्यवाद दिँदै पुटिनले रुस ‘कुनै पनि ब्ल्याकमेल वा आन्तरिक उथलपुथल सिर्जना गर्ने प्रयास’मा नझुक्ने बताएका छन् ।

उनले रुसका शत्रुले देशलाई रक्तपातपूर्ण गृहयुद्धमा फसेको हेर्न चाहेको टिप्पणी गरेका छन् । विमानका पाइलटको गौरवपूर्ण कदमले त्यसो हुनबाट जोगाएको भन्दै उनले रुसको अस्तित्वलाई खतरामा पार्न खोज्नेलाई सजाय दिने बताएका छन् ।

त्यसक्रममा कति पाइलटको मृत्यु भयो वा कति विमान खसालियो भन्नेबारे आधिकारिक जानकारी गराइएको छैन । तर, त्यो दिन १३ पाइलट मारिएको सूचना सार्वजनिक भएको थियो ।

वाग्नर नेता प्रिगोजिनले आफ्नो प्रेस सेवाको टेलिग्राम च्यानलमा ११ मिनेटको अडियो सन्देश पोस्ट गर्दै मस्कोको सत्ता ढाल्ने आफूहरूको उद्देश्य नरहेको बताएका छन् । उनले रुसी सेनाले वाग्नरमाथि आक्रमण गरेको र आफ्नो सेनालाई सरकारी सेनामा मिसाउन खोजेको भन्दै असन्तुष्टि जनाएका थिए । रोयटर्सबाट ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्