site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संविधान र गणतन्त्रविरुद्ध फुर्तीफार्ती गर्नेका विरुद्ध समाजवादी मोर्चा : माधव नेपाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा संविधान र गणतन्त्रविरुद्ध फुर्तीफार्ती गर्नेका विरुद्ध भएको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी)को प्रथम वाग्मती प्रदेश कमिटी भेलाको उद्घाटन गर्दै उनले अहिले मुलुकको परिवर्तनविरुद्ध विभिन्न तत्त्व सल्बलाइरहेको र त्यसविरुद्ध समाजवादी मोर्चा केन्द्रित हुने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले मुलुकको परिवर्तनलाई अघि बढाउन चाहनेहरूलाई सँगसँग लिएर अघि बढ्ने उल्लेख गरे ।

समाजवादी मोर्चाको बैठक आयोजना गर्ने तयारी भइरहेको भन्दै उनले बैठकमार्फत आगामी कार्यदिशा र कार्यक्रम तय गरिने बताए । समाजवादी मोर्चा कसैलाई एक्लाउनका लागि नभएको उनको भनाइ छ ।

अध्यक्ष नेपालले संविधानका बारेमा विमति राख्नेहरूसँग पनि हालेमालो गर्दै संविधानका साथै परिवर्तनलाई बलियो बनाइने पनि बताए ।

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्