site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ललितानिवास प्रकरणबारे बाबुराम भट्टराई लेख्छन्- गुड र गोबर छुट्याउन सहज होस्
फाइल तस्बिर।

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो १९ महिने प्रधानमन्त्री कार्यकालमा ललितानिवास जग्गा प्रकरणका विषयमा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको बारेमा जानकारी गराएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा उनले १९ महिने कार्यकालमा भएका मन्त्रिपरिषद्को सबै निर्णय आफूलाई थाहा नभएको पनि उल्लेख गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पूर्वप्रधानमन्त्री डा. भट्टराईले आफूलाई हल्का सम्झना भएको भन्दै राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियमअनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो आफूलाई लागेको उल्लेख गरेका छन् । उनले यो कुरा आफूले अख्तियारको टोलीले केही वर्ष पहिले लिएको बयानमा पनि भनिसकेको जिकिर गरेका छन् ।

ललितानिवास प्रकरणको पुछारमा आफ्नो प्रधानमन्त्रीकालको मन्त्रिपरिषद्को निर्णय पनि जोडिन पुगेकाले धेरैमा चिन्ता र चासो भएकाले आफूले वास्तविकता सार्वजनिक गरेको भन्दै उनले यो प्रकरणमा आफू र निकट कुनै व्यक्तिको स्वार्थ नजोडिएको दाबी गरे ।

उक्त प्रकरण छिटो टुंगो लागे आम जनतालाई गुड र गोबर छुट्याउन सहज हुने उनले उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्