site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतीय प्रधानमन्त्री मोदीको निवासमा ड्रोन उड्यो, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निवास माथि सोमबार बिहान ड्रोन देखिएपछि सुरक्षा सतर्कता अपनाइएको छ ।

दिल्ली प्रहरीले स्थानीय समयअनुसार बिहान साढे पाँच बजे मोदीको निवास माथिको नोफ्लाईङ जोनमा ड्रोन उडेको जनाएको छ । विशेष सुरक्षा समूह (एसपीजी)बाट पाएको उक्त जानकारीपछि अनुसन्धान सुरु भएको दिल्ली प्रहरीले बताएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एसपीजी भारतीय प्रधानमन्त्रीको सुरक्षाका लागि जिम्मेवार सुरक्षा बल हो । दिल्ली प्रहरीले एक विज्ञप्तिमा जारी गर्दै भनेको छ, “प्रधानमन्त्रीको निवास नजिकै एक अज्ञात उड्ने वस्तुको बारेमा जानकारी प्राप्त भएको थियो। नजिकैका क्षेत्रमा व्यापक खोजी गरिएको थियो तर त्यस्तो कुनै वस्तु फेला परेन।”

प्रहरीले एयर ट्राफिक कन्ट्रोल रुम (एटीसी) लाई पनि सम्पर्क गरेको र त्यहाँबाट पनि कुनै जानकारी नआएको बताएको छ । “संवेदनशिल क्षेत्र भएकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । तथ्य छानबिन गरेपछि मात्रै कुरा स्पष्ट हुने छ’ प्रहरीले भनेको छ ।

जुलाई ७ मा भारतीय प्रधानमन्त्री मोदी आफ्नो संसदीय क्षेत्र वाराणसीको भ्रमणका लागि कासी जानसक्ने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्