site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एउटा दलको सदस्य अर्को दलबाट उमेदवार बन्न नपाउने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा कुनै पनि दलमा रहेको व्यक्ति अर्को दलबाट उमेदवार बन्न नपाउने प्रस्ताव गरेको छ । 

आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदामा भनेको छ, “कुनै पनि राजनीतिक दलको सदस्य रहेको व्यक्ति त्यस्तो दलको सदस्यता त्याग नगरी अर्को राजनीतिक दलको तर्फबाट उमेदवार हुन नसक्ने ।”

यसअघि दल त्याग नगरी चुनाव चिह्न लिएर उमेदवार हुन पाउने व्यवस्था थियो ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्