site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बैंकको ब्याजदर निर्धारण बजारले गर्नुपर्छ : क्षेत्री

काठमाडौं । पूर्वबैंकर परशुराम कुँवर क्षेत्रीले बैंकको ब्याजदर निर्धारण बजारले नै गर्नुपर्ने बताएका छन् । उनले सबै बैंकमा एउटै ब्याजदर हुँदा बजार प्रतिस्पर्धी बन्न नसकेको बताएका हुन् ।

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा उनले बैंकर्स संघले बैंकहरूको ब्याजदरमा एकरूपता ल्याउने अभ्यास गर्न नहुनेमा जोड दिए । विगतदेखि भइरहेको अभ्यासले प्रतिस्पर्धी बजारको विकास हुन नसकेको उनले उल्लेख गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ब्याजदर निर्धारणको जिम्मा बैंकहरू स्वयंलाई दिनुपर्ने उनको धारणा छ । बैंकिङ क्षेत्रमा अहिले साढे तीन खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम भएको अवस्थामा बैंकहरूले आफूअनुकूल ब्याजदर निर्धारण गर्नुपर्ने उनले बताए ।

“हिजो बजार असहज अवस्थामा हुँदा बैंकर्स संघले ब्याजदर नियन्त्रण गर्न राम्रो भूमिका खेलेको थियो, नेपाल राष्ट्र बैंकले अनौपचारिक दबाब पनि दिएको हो,” क्षेत्रीले भने, “अहिले साढे तीन खर्बभन्दा बढी लगानीयोग्य रकम छ । यस्तोमा ब्याजदर बढाउने कि घटाउने बैंकलाई नै छाड्नुपर्छ ।”

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्