site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्का दुवै सदनको बैठक बस्दै (कार्यसूचीसहित)
फाइल तस्बिर

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । 

आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुने सम्भावित कार्यसूची रहेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत् गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

11688520351.JPG

आजै राष्ट्रियसभाको बैठक पनि बस्दै छ । बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको छ । 

बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ । 

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र खानेपानी मन्त्रालयका विभिन्न शिर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ । 

21688520582.JPG

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०७:०५
प्रतिक्रिया दिनुहोस्