site stats
बाह्रखरी :: Baahrakhari
देश
युनियनले भन्यो– न्यूनतम पारिश्रमिक स्वरोजगारमूलक मिडियाको चुनौती

काठमाडौं । न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउने कदम स्वागतयोग्य भएको भन्दै नेपाल प्रेस युनियनले स्वरोजगारमूलक मिडियाको हकमा भने सबै स्थानमा यो सम्भव नभएको बताएको छ ।

युनियनले बुधबार सूचना तथा प्रशारण विभाग पुगेर स्वरोजगारमूलक मिडियामा भने यो व्यवस्था लागु गर्न समस्या हुनेतर्फ युनियनले ध्यानाकर्षण गराएको उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“ठूला मिडियामा यो लागु गर्नेमात्र होइन, यसको अनुगमन पनि विभागले गर्नुपर्छ भनेर हामीले भन्यौँ,” भण्डारीले भने, “तर, साना लगानीमा खुलेका स्वरोजगारमूलक मिडियामा यो सम्भव छैन । यसमा पुनर्विचार गरियोस् र त्यस्ता मिडियामा न्यूनतम पारिश्रमिक लागुमा कडाइ गरियोस् भनेर हामीले विभागसँग आग्रह गर्यौँ । उहाँहरू हाम्रो आग्रह मान्न तयार हुनुभएको छ ।”

सूचना विभागले न्यूनतम पारिश्रमिकको पेरोल बुझाएपछि मात्र सूचना विभागको पास दिने गरेको छ । यसका कारण साना लगानीमा खुलेका मिडियामा काम गर्ने पत्रकारले कानुनी आधार नपाउने भएकाले यसमा पुनर्विचार गर्न आवश्यक भएकोमा युनियनको जोड छ ।

सूचना विभागले मंगलबार सञ्चारमाध्यमहरूलाई परिपत्र गर्दै पाँचजनाभन्दा कम दरबन्दी भएको सञ्चारगृहहरुले विवरण पठाउँदा पहिलोपटक न्यूनतम पारिश्रमिक प्रदान गर्ने प्रतिबद्धता पेस गर्न पाउने र उक्त सञ्चारगृहले दोस्रोपटकदेखि अनिवार्य रुपमा तलबी विवरण अर्थात पेरोल प्रमाणित गरी र सम्बन्धित बैंकको तलब भुक्तानी गरिएको प्रमाणित पत्र पेस गर्नुपर्ने अनिवार्य गरेको थियो ।

युनियले यसलाई संशोधन गर्न माग गरेको हो । सोहीबमोजिम यसलाई पुनर्विचार गर्ने विभागले प्रतिवद्धता जनाएको उनले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्