site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सभामुखको संलग्नतामा सरकार गठन गर्नु असंवैधानिक : भीमार्जुन आचार्य
फाइल तस्बिर।

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले कोसी प्रदेशको सरकार गठनमा सभामुखको संलग्नतालाई असंवैधानिक बताएका छन् ।

“सभामुखकै संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले गरेको छैन,” आचार्यले समाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “यस्तो कार्य असंसदीय र असंवैधानिक छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहीबार कोसी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले आफ्नो समर्थनमा सभामुख बाबुराम गौतम समेत रहेको उल्लेख गरेका छन् ।

सरकार गठनमा सभामुख गौतम संलग्न भएपछि आचार्यले भनेका छन्, “सभामुखको पद राजनीतिकरुपमा तटस्थ मानिन्छ । कोसी प्रदेशका सभामुखको यस्तो कार्य संसद्को अपहेलनाजन्य कार्य हो । यसरी सरकार गठन गर्नुभन्दा त प्रदेश सरकार नै नरहनु ठिक हुन्छ ।”

कोसी प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलका तर्फबाट दाबी पेस भएपछि थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टी, नेपालका एक सांसदको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्