site stats
बाह्रखरी :: Baahrakhari
देश
डोटीमा घर भत्किँदा महिलाको मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डोटी । डोटीमा गएराति घर भत्किँदा एक  महिलाको मृत्यु भएको छ । घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गंगा मालासीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गएराति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो । 

प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको टोलीले राति नै उद्धारको प्रयास गरे पनि मलासीको शव आज बिहान मात्र निकाल्न सकेको प्रहरी निरीक्षक जोशीले बताए । रासस

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्