site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनलाई सदस्यता दिन नेटो सकारात्मक
नेटोका महासचिव जेन्स स्टोल्टनबर्ग । एजेन्सी ।

काठमाडौं । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले युक्रेनलाई सदस्यता दिने संकेत गरेको छ । मंगलबार लिथुआनियामा नेटोको शिखर सम्मेलनमा महासचिव जेन्स स्टोल्टनबर्गले सदस्यताबारे युक्रेनले सकारात्मक सन्देश पाउने बताएका छन् । 

सन् २००८ मा सदस्यता लिन पहल गरेयता युक्रेनले लामो अवधि पार गरेको बताउँदै उनले अर्काे चरण सदस्यताको हुने बताएका छन् । नेटोका महासचिव स्टोल्टनबर्गले भनेका छन्, “युक्रेन नेटोसँग धेरै नजिक छ । त्यसैले नेटो निर्णयलाई प्रतिविम्बित गर्ने समय आएको मलाई लाग्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सम्मेलनमा सबै सदस्या राष्ट्र उपस्थित भएको भन्दै उनले सदस्यताको एक्सन प्लान हटाएर युक्रेनलाई सकारात्मक र बलियो संकेत दिने बताएका छन् ।

बेलारुसमा रहेका वाग्नर समूहका लडाकुले कुनै गतिविधि नगरेको र आफूहरूले स्थितिलाई नजिकबाट नियालिरहेको उनको भनाइ छ । 

युक्रेनलेसमेत नेटोको सम्मेलनलाई नजिकबाट हेरिरहेको छ । बुधबार लिथुआनियामा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग 'वान टू वान' भेटवार्ता गर्ने छन् ।

यसअघि सोमबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दाेगानले स्विडेनलाई नेटोमा सामेल हुन दिन सहमत भएको बताएका छन् । नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले सोमबार यस्तो घोषणा गरेका हुन् । हंगेरीले पनि स्विडेनको सदस्यता समर्थन गर्ने संकेत गरेको छ ।

अल्जजिराबाट ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्