site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालकृष्ण खाँणको बचाउमा घले : पार्टी नेता पक्राउ पर्दा साथ दिन किन नसक्ने ?

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बचाउमा केन्द्रीय सदस्यहरू उत्रिएका छन् । सानेपामा जारी बैठकमा बुधबार केन्द्रीय सदस्य राधा घलेले आरोप लाग्दैमा कोही पनि दोषी नहुने बताइन् ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य घलेले आफ्नो साथी तथा पार्टीको नेता पक्राउ पर्दा पार्टी नेतृत्व संवेदनशिल भएर बचाउमा उत्रनुपर्नेमा उल्टो गृहमन्त्रीलाई भेटेर बधाई दिनु कति उपयुक्त हो भन्दै प्रश्न गरिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“आज एउटा नेतालाई, साथीलाई विना कारण समातेर लग्दै गर्दा आफ्नै पार्टीको साथीहरू सवेदनशिल नहुनु, गृहमन्त्रीलाई बधाई दिन जानु कति उपयुक्त हुन्छ ?,” उनको प्रश्न थियो ।

केन्द्रीय सदस्य घलेले आफ्नो नेताको बचाउमा उत्रेर साथ दिनुपर्नेमा पार्टीका नेताहरू विरोधमा उत्रिएको भन्दै गुनासो गरिन् । अरुलाई खाएको बाघले आफूलाई पनि खान्छ भन्दै उनले दोषी करार नहुन्जेल साथ दिनुपर्ने धारणा राखिन् ।

“एउटा साथीलाई दुख पर्दा काँध हाल्न सक्दैनौं । आरोप लाग्दैमा कोही पनि दोषी हुँदैन,” उनले भनिन्, “जबसम्म दोषी सावित हुँदैन कमसेकम एउटालाई पर्दा हामीभित्रै साथीहरूले साथ दिदैनौं भने एउटालाई खाने बाघलाई अरुलाई पनि खान्छ ।”

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्