site stats
बाह्रखरी :: Baahrakhari
विदेश
३८ वर्षदेखि पदमा रहेका कम्बोडियाका प्रधानमन्त्रीले पुनः चुनाव जित्ने निश्चित

काठमाडौं । कम्बोडियामा आइतबार भइरहेको आम चुनावमा लामो समयदेखि शक्तिमा रहेका प्रधानमन्त्री हुन सेनकै पार्टीले एकतर्फी जित हात पार्ने निश्चित भएको बीबीसीले जनाएको छ ।

कम्बोडियाको राजधानी नोम पेन्हमा मतदान गर्न आएका मतदाताले प्रधानमन्त्री हुन सेनको पार्टी कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले संसद्का सबै १२५ सिट जित्ने अपेक्षा गरिएको बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विगत ३८ वर्षदेखि सत्तामा रहेका हुन सेनले गत मे महिनामा एकमात्र बलियो प्रतिपक्षी दललाई चुनाव लड्न अयोग्य घोषित गरेपछि अहिले उनलाई कुनै चुनौती नभएको बताइएको छ ।

सेनाका आलोचक एवं विरोधीले चुनाव र मतदानलाई धोका एवं जालझेल भनेका छन् । ७० वर्षीय सेन सन् १९८५ देखि शक्तिमा रहेको सीएनएनले उल्लेख गरेको छ ।

करिब एक करोड ६० लाख जनसंख्या रहेको कम्बोडियाका करिब ९७ लाख मानिसले बिहान ७ बजेदेखि मतदान गरिरहेको जनाइएको छ । कम्बोडियन पिपुल्स पार्टीसँगै अन्य १७ पार्टी पनि चुनावी मैदानमा रहे पनि सेनकै पार्टीले सबै सिट जित्ने ठानिएको छ । यसलाई सत्तामा उनको निरन्तरताको सुनिश्चिताका रूपमा हेरिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्