site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सेयर धितो कर्जा पुनरवलोकन गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा पुनरवलोकन गर्ने भएको छ ।

आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर धितो कर्जा, रियल स्टेट कर्जा र हायर पर्चेज कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थामा पुनरवलोकन गरिने उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत वर्षको मौद्रिक नीतिमा सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहकसीमा एउटा वा सबै इजाजतपत्रप्राप्त वित्तीय संस्थाहरूबाट लिन सक्ने गरी अधिकतम सीमा १२ करोड रुपैयाँ कायम गरिएको थियो ।

सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइनेछ ।

सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार यसअघि २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था थियो ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्